१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु, २ बेपत्ता


0
Shares

जाजरकोट, असोज २१ । जाजरकोटको जुनिचाँदे गाउँपालिका औलाखोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

भे १ ज ९ सय ३५ नम्बरको जिप सडकदेखि करिब ६ सय मिटर खसेको जाजरकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा जुनिचाँदे गाउँपालिकाका वडा ११ का वडा अध्यक्ष अमरबहादुर शाही, कृतिबहादुर शाही, लालबहादुर बुढा, खेमराज शाही र मालिका बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेका २ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

जिप जाजरकोट सदरमुकाम खलंगाबाट जुनिचाँदै जादै थियो ।

घटनास्थलबाट एक जना घाइतेको उद्धार गरी उपचारका लागि सदरमुकाम खलंगा पठाइएको छ ।

जिपमा कति व्यक्ति सवार थिए भन्ने खुल्न सकेको छैन ।