
फाइल तस्वीर ।
काठमाडौं, असोज २१ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।
उहाँको रक्तचाप घट्ने, छातीमा समस्या लगायतका स्वास्थ्य जटिलटा देखिन थालेको हो ।
अक्सिजनको सहयोगमा शिक्षण अस्पतालमा रहनुभएका डा. केसीलाई आईसियुमा भर्ना गर्नुपर्ने भए पनि नमानेको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि भन्दै डा. केसीले भदौ २९ देखि जुम्लाबाट अनसन सुरु गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्