
काठमाडौं, असोज २२ । पछिल्लो २४ घण्टामा ४३६४ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
देशभर संक्रिय संक्रमितको संख्या २६६८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जना कोरोना संक्रमित थपिएका छन ।
जसमध्ये काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना कोरोना संक्रमित थपिएका छन ।
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्