१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दमक नगरपालिकाका प्रमुख ओली दम्पतीलाई कोरोना संक्रमण


0
Shares

झापा, असोज २२ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम नाथ पोर्तेलसहित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएकोछ ।

मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका जिल्ला समन्वय समिति प्रमुख पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा कोरोना त्रास बढ्दै गएको छ ।

विभिन्न सार्बजनिक कार्यक्रममा सहभागी भएका पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएसँगै अन्य व्यक्तिमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै त्रास सृजना भएको हो ।

कोरोना संक्रमित जिसस प्रमुख पोर्तेल मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत छन् भने ओली दम्पत्ती कोभिड अस्पताल धरानमा उपचार गराई रहेका छन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उनकी श्रीमती लीलासहित ३ जना अन्य जनप्रतिनिधि पनि कोरोना संक्रमित भएका छन् ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या ९ सय ७८ पुगेको छ भने ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका चार जना थुनुवा सहित मुद्धा फाटमा काम गर्ने प्रहरी नावय निरीक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय अनारमनी एक साताका लागि शिल गरिएको छ ।