
सिन्धुपाल्चोक, असोज २२ । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहनुभएका उहाँलाई बिहीबार सङ्क्रमण पुष्टि भएको हो ।
उहाँले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउनु भएको हो ।
उहाँले भन्नुभएको छ “अहिले म होम आइसोलेसनमै बसिरहेको छु ।
मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला । ”
जिल्ला प्रशासन कार्यालयको सेवा अगामी सोमबारसम्मका लागि बन्द गरिएको छ ।
कार्यालयका कर्मचारीको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले जानकारी दिनुभएको छ ।
जिल्लामा हालसम्म २ सय जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ ।
ती मध्ये १ सय २१ जना निको भएर फर्किएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्