
काठमाडौं, असोज २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी तीन दिनसम्म कार्यालय बन्द रहने जनाएको छ ।
एन्फाले आफ्ना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउदै तीन दिन संघ बन्द हुने जनाएको हो ।
एन्फाले अहिले कोरोना संक्रमित कर्मचारी होम क्वारेन्टाइनमा बसेकोे जानकारी दिएको छ भने कर्मचारीको नाम गोप्य राखेको छ ।
एन्फाले गत साउन अन्तिममा खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टेल स्टाफको कोरोना परीक्षण गरेको थियो ।
जसमध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आउँदा एक जनाको भने पोजेटिभ आएको थियो ।
प्रतिक्रिया दिनुहोस्