१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डाक्टर केसी र सरकारी पक्षको वार्ता बिना निष्कर्ष टुंग्गियो, केसीको स्वास्थ्य अवस्था गम्भीर


0
Shares

dr kc health critical dialogue between government

काठमाडौं, असोज २२ । सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसीबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।

दुई पक्षबीचको संवाद निष्कर्षहीन टुंग्गिँदा उता डा. केसीको स्वास्थ्य अवस्था भने गम्भीर भएको छ ।

उहाँलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको मात्रा बढाउनु परेको डा. केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

शिक्षा मन्त्रालयमा बिहीबार शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको सरकारी टोलीसँग केसी पक्षको वार्ता भएको थियो ।

थप गृहकार्य गर्नुपरेको भन्दै वार्ताकारहरु निस्किएका थिए । यद्यपि, दुबै पक्षले वार्ता जारी नै रहेको बताएका छन् ।

डा. केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले संवाद सकारात्मक भएको र फेरि बस्ने बताउनुभएको छ ।

जुम्लाबाट सत्याग्रह थाल्नु भएका डा. केसी ६ बुँदे मागसहित २५ दिनदेखि अनशनरत हुनुहुन्छ ।