
काठमाडौं, असोज २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ ।
ट्रम्पले फक्स बिजनेसलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, ‘यो व्यवस्था मलाई स्वीकार्य छैन । म व्यक्तिगत बहसमा समय खर्चन चाहन्नँ । कम्प्युटर पछाडि बसेर, हाँस्यास्पद ।’
यसको साटो बरु ¥याली गर्छु ट्रम्पले भन्नुभयो । कार्यक्रम सञ्चालकहरुले प्रतिस्पर्धी बाइडेनलाई बचाउने कोशिश गरेको आरोप पनि लगाउनुभयो ।
यसअघि बाइडेनले पनि ट्रम्प संक्रमणमुक्त भएको भरपर्दौ पुष्टि नहुँदासम्म प्रत्यक्ष टिभी बहसमा सहभागि नहुने बताउनुभएको थियो ।
ट्रम्प भने कोरोना भाइरस संक्रमणको उपचारपछि ह्वाइट हाउस फर्किसक्नुभएको छ ।
इतिहासकै खराब बहसमा संलग्न रहनुभएका ट्रम्प र बाइडेन कार्यक्रममै एकार्कामा गाली गलौजको शैलीमा उत्रिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्