
काठमाडौं, असोज २२ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ ।
मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत आफ्ना बुवाको निधन भएको जानकारी दिनुभएको हो ।
चिरागले लख्नुभएको छ, ‘बुवा… अब हजुर यस संसारमा हुनुहुन्न । तर मलाई थाहा छ, हजुर सधैं मेरो साथमा हुनुहुनेछ ।’
उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण ७४ वर्षीय मन्त्री पासवान लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।
हालसालै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीस्थित एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिनुहुन्थ्यो । पासवान ८ पटक लोकसभा सदस्य तथा अहिले भने राज्यसभा सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्