
काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ ।
उमेरमा एक शाताब्दी टेक्नै (९९ वर्ष) लाग्नु भएका प्रसाईंको शुक्रबार दिउँसो करिब साढे १२ बजे काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।
आफूलाई खनुपरुदेप्रकाहा का रुपमा चिनाउनु हुने प्रसाईं कृष्णप्रसाद भट्टराई कांग्रेसको सभापति रहँदाको कार्यसमितिमा कोषाध्यक्ष पदमा रहेर काम गर्नुभएको थियो ।
प्रसाईंको निधनप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शोक व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् शर्माले लेख्नुभएको छ, ‘१०० वर्ष टेक्ने क्रमका अत्यन्तै आदरणीय व्यक्तित्व रामबाबु प्रसाईंको आज निधन भएको छ । लगग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, बीपी कोइरालाप्रति जिष्ठावान अनि किशुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो । शान्ति मिलोस्, उहाँको आत्मालाई स्वर्गमा ।’
उहाँका श्रीमती, छोरा छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्