
काठमाडौं, असोज २३ । निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो ।
त्यस लगत्तै कम्पनीले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।
कोरोनाका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको छ ।
रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताउनुभयो ।
अहिले सम्म धरहराको १६ तल्ला ढलान भइसकेको छ । जसमा ४ सय वटा सानो गाडि र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ ।
अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौति रहेको श्रेष्ठको भनाई छ ।
धरहराको कुल क्षेत्रफल ४२ दशमलब २ रोपनी रहेको छ ।
धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेका थिए ।
लकडाउनको बेला पनि २०÷२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने २ सय ५० जना कामदार मार्फत कामलाई तिब्रता दिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्