
काठमाडौं, असोज २३ । सरकारले घरमै आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिना जेल हाल्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले आइसोलेसनमा नबस्ने कोरोना भाइरस संक्रमितलाई कारवाही गरिने चेतावनी दिनुभएको हो ।
कोरोनाबाट संक्रमित भएकाहरुलाई आइसोलेसनसम्म उपलब्ध गराउन नसक्ने सरकारले शुक्रबार यस्तो चेतावनी दिएको हो ।
गौतमले पछिल्लो समय संक्रमितहरु होम आइसोलेसनमा नबसेको भन्दै भन्नुभयो, ‘अस्पतालको आइसोलेसनमा नभएर घरमै बसिरहेका व्यक्तिहरु आइसोलेसनमा नबसेर बाहिर निस्केको सूचना प्रप्त गरेका छौँ, यदि त्यस्तो भयो भने कानुन अनुसार कारवाही हुने छ ।’
संक्रामक रोग ऐनअनुसार आइसोलेसनमा नबस्ने संक्रमितलाई छ महिना जेल सजायँ गर्ने चेतावनी डा. गौतमले दिनुभएको हो ।
संक्रमणबाट जोगिनका लागि भिडभाडमा नजान, मास्कको सही प्रयोग गर्न उहाँको आग्रह थियो ।
प्रतिक्रिया दिनुहोस्