१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लुम्बिनी प्रदेशका कानून मन्त्रीलाई कोरोना संक्रमण


0
Shares

रुपन्देही, असोज २३ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सामान्य रुघाखोकी लागेपछि शुक्रबार उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा बस्नुभएको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिनुभयो ।

मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पिसिआर परीक्षण गरिँदै छ । रासस