२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


काउन्सिलले प्रेस संग्राहालयको स्थापना गर्दै


0
Shares

काठमाडौं, असोज २३ । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ ।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउन समेत आह्वान गरेको छ ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ ।

सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ अघि बढेको छ ।

हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर) लगायतका सामग्री रहेका छन् ।

सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्क रूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने स–शुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ । रासस