१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी राष्ट्रपति पदका उम्मेदवारबीचको दोस्रो टिभी बहस रद्द


0
Shares

us debate trump biden

काठमाडौं, असोज २४ । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ ।

राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनबीच हुने दोस्रो टिभी बहस रद्द गरिएको शुक्रवार जनाएको हो ।

राष्ट्रपति ट्रम्प भर्चुअल बहसमा लागि तयार नभएको तथा उहाँमा भएको कोरोना संक्रमणका कारण प्रत्यक्ष बहसमा आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् ।

वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उधृत गर्दै सिएनएनले भनेको छ, अब दुई उम्मेदवारबीच नासभिलेमा तेस्रो टिभी बहसका क्रममा भेट हुनेछ ।

अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको जानकारी दिँदै आयोगले अब आफ्नो सम्पूर्ण ध्यान अक्टोबर २२ मा हुने तेस्रो बहसका लागि केन्द्रित गर्ने जनाएको छ ।

जनस्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रत्यक्ष कार्यक्रम रद्द गरेर भर्चुअल बहसका लागि गरिएको प्रस्तावलाई ‘समयको बर्बादी’ भन्दै ट्रम्पले सहभागि नहुने जनाएपछि दोस्रो बहस नै रद्द गरिएको हो ।

बाइडेनले भने ट्रम्पको संक्रमण नेगेटीभ भएको विश्वस्त आधार नहुँदासम्म प्रत्यक्ष बहसमा सहभागि नहुने जनाउनुभएको थियो ।

सबै मिलेर बाइडेनलाई बचाउने कोशिश भइरहेको भन्दै त्यस्तो भर्चुअल बहसमा आफू नजाने ट्रम्पको भनाइ थियो ।