२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २५ । थाइल्याण्डमा बस र रेल एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दर्जनौँ घाइते भएका छन् ।

आइतबार बिहान बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५० किलोमिटरको दूरीमा सोही दिशाबाट आइरहेको रेलसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने रेलमा सामान्य क्षति भएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)