२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राप्रपामा थप ४०० केन्द्रीय सदस्य


0
Shares

काठमाडौं, असोज २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार ४०० नयाँ केन्द्रीय सदस्य थप गरेको छ ।

राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पुर्‍याएको छ ।

राप्रपाले आइतबार प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम तीन अध्यक्षको सहमतिअनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो ।

“असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ”, विज्ञप्तिमा भनिएको छ ।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो । रासस