२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


0
Shares

भक्तपुर, असोज २५ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडि सवार ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । रासस