२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


चिकित्सक संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता


0
Shares

काठमाडौं, असोज २५ । नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

सङ्घले सरकार र अनशनरत डा. गोविन्द केसीका बीच गएराती आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो ।

सङ्घका महासचिव डा. बद्री रिजालले आइतबार विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा. गोविन्द केसी पक्षबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभयो । रासस