१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


0
Shares

सुर्खेत, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

नेकपाका बहुमत सांसदले गरेको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका हुन् ।

नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि दल र सरकारको कामकारवाही प्रभावकारी नहुंदा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको आरोप लगाइएको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक शाह, धर्मराज रेग्मीलगायत रहेका छन ।

्देश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आएका सत्ता पक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउदै आएका थिए ।

मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपा भित्र पटकपटक विवाद हुदै आएको थियो ।

तत्कालीन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा पार्टी एकीकरणले मुख्यमन्त्री तत्कालीन माओवादीको भागमा परेको थियो ।