
काठमाडौं, असोज २५ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ ।
अखिलका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आइतबार विज्ञप्ति जारी गर्दै आक्रमण गर्नेलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गरेर प्राध्यापक जगतलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्नुभएको छ ।
यही असोज २० गते आफ्नो नियमित कामका सन्दर्भमा त्रिवि परिसरमा हिडिरहनुभएका उपप्राध्यापक चलाउनेमाथि एक समूहले आक्रमण गरेको थियो । उपप्रध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्