१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने दुईजना पक्राउ


0
Shares

काठमाडौं, असोज २६ । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रवीनकुमार लामा छन् ।

परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले उपप्राध्यापक चलाउनेलाई साङ्घातिक हमला गरेर फरार रहेका साहलाई कोटेश्वर र लामालाई सिरहाबाट पक्राउ गरिएको जानकारी दिनुभयो । रासस