१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शेयर बजारमा सामान्य सुधार


0
Shares

असोज २६ । सोमबार शेयर बजारमा सामान्य सुधार भएको छ ।

दिनभर उतार चढावकाबीच बजारमा एक दशमलव ७४ अंकले बृद्धि भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १.३७ अंकले बढेर ३ सय १३ बिन्दुमा रोकिएको छ ।

यसदिन विकास बैक सबैभन्दा बढी ७९ अंकले बृद्धि हुदा व्यापार, होटल लघुवित्त समूह सामान्य अंकले बढेका छन् अन्य सबै समूह ओरालो लागेका छन् ।

यसदिन मुक्तिनाथ विकास बैकमा लगानीकर्ता निकै आकर्षित भएका छन् ।

सर्वाधिक कारोबार पनि मुक्तिनाथको भएको छ ।

बैंकको १६ करोड ५० लाखको सेयर कारोबार भएको छ ।

सोमबार १ सय ८९ कम्पनीको ६८ लाख १५ हजार कित्ता शेयर १ अर्ब ९४ करोड बढीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसैबीच धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत जानकारी गराउनको लागि हाते पुस्तक सार्वजनिक गरेको छ ।

आम लगानीकर्तालाई लक्षित गरी बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक २०२० प्रकाशन गरेको हो ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले उक्त पुस्तक तयार पारेको हो ।

यस प्रणालीको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमको परिपालना साथै लगानीकर्ता सुसुचित हुने विश्वास लिएको छ ।