१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्री त्रिपाठीको स्वास्थ्यमा सुधार


0
Shares

काठमाडौं, असोज २७ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका निजी सचिव नीरज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।

मन्त्री त्रिपाठीलाई गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि उहाँलाई थप उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको निजी सचिव पौडेलले बताउनुभयो ।

मन्त्रीको उपचारमा सोही अस्पतालका चिकित्सक डा. प्रवीणविक्रम थापा, डा. धीरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठ खटिनुभएको छ । रासस