
नवलपरासी, असोज २७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मेयरमा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय सिल गरिएको छ ।
नगर प्रमुख धिरज शर्मा बस्याललाई संक्रमण देखिएपछि आजदेखि नगरपालिकाका सबै सेवा बन्द गरिएको सूचना अधिकारी पुष्कर काफ्लेले बताउनुभयो ।
नगरपालिकाका केही कर्मचारीहरुमा पनि सामान्य लक्षण देखिएको बताइएको छ ।
वडा कार्यालयहरुको काम भने सुचारु छ ।
प्रतिक्रिया दिनुहोस्