
एजेन्सी, असोज २७ । भारतमा यतिबेला अर्नब गोस्वामीको रिपब्लिक टिभी र अरु दुई टेलिभिजन टीआरपी प्रकरणमा फसेका छन् ।
त्यही बेला गोस्वामीसहितको दुई टीभीविरुद्ध हिन्दी सिनेमा उद्योगका निर्माताहरू एकजुट भई मुद्दा दायर गरेका छन् ।
प्रोडियूसर गिल्ड अफ इण्डियासहित चार संगठन र ३४ सिनेमा निर्माताले अर्नव गोस्वामी, प्रदीप भण्डारी, उनको च्यानल रिपब्लिक टिभी तथा टाइम्स नाउका राहुल रविशंकर र नविकाकुमारविरूद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
बलिउड उद्योगमाथि गैर जिम्मेवार र अपमानजनक टिप्पणी गरिएको भन्दै उक्त कार्य रोक्न माग गरिएको छ ।
यसरी अदालतको ढोका ढक्ढकाउन पुग्नेमा चर्चित कलाकारहरु करण जोहर, शाहरूख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगन, रोहित शेट्टी पिक्चर्ससहितका कयौं स्टारका निर्माण कम्पनी छन् ।
यसैगरी, यशराज फिल्म्स, विनोद चोपडा फिल्म्स, एक्सेल इन्टरटेन्मेन्ट, सिने–टिभी आर्टिस्ट एसोसिएशन, द फिल्म एण्ड टेलिभिजन प्रोड्यूसर काउन्सिल र स्क्रिन राइटर्स एसोसिएशनले एकसाथ दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
अघिपछि अनेकन लफडामा अल्झिरहने र मिल्न नसक्ने आरोप खेपिरहेको बलिउड जगत बलिउड उद्योग र त्यहाँ काम गरिरहेकाहरुमाथि अपमानजनक र गैरजिम्मेवार टिप्पणी तथा मिडिया ट्रायल गरिएको भन्दै एकसाथ अदालतमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्