
नवलपरासी, असोज २७ । पूर्वी नवलपरासीको नवलपुरमा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ ।
विभिन्न खोलाहरुबाट दिउँसै ढुंगा, बालुवा र मिस्कटको चोरी निकासी भैरहेको छ ।
यसरी खोलाबाट चोरी गरेर ल्याएका नदीजन्य पदार्थहरु विभिन्न स्थानमा थुपार्ने गरिएपनि स्थानीय तहहरुले अनुगमन गरेका छैनन् ।
स्थानीय तहहरुले खोलाहरुको ठेक्का भने लगाएका छैनन् ।
यसैबीच, अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गर्न लागेको अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्