
काठमाडौं, असोज २७ । नेपाल आयल निगम अमलेखगंजसँगै रहेको ल्युब आयलको कारण अमलेखगंज डिपो बिस्तारको योजना प्रभाबीत बन्न पुगेको छ ।
निगमको अम्लेखगञ्ज डिपोको नाममा रहेको झण्डै डेढ बिघा जग्गामा डिपो बिस्तारको काम थाल्दै गर्दा ल्युब आयलले निगमको पर्खाल निर्माणमा कानुनि अवरोध पुर्याए पछि योजना रोकीएको बताइएको छ ।
डिपोका प्रादेशीक प्रमुख भरत रेग्मीले ल्युब आयललले बिना प्रमाण कानुनी उल्झन गर्दा आयल निगम बिस्तारमा अबरोध पुगेको बताउनुभयो ।
वि.स.२०२७ सालदेखि निगमले नै उक्त जग्गाको तिरो तिर्दै आए पनि बिनाआधार र बिनाप्रमाण ल्युब आयलले जग्गामा हकदाबी गर्दै काममा अवरोध गरेको निगमले आरोप छ ।
प्रतिक्रिया दिनुहोस्