
झापा, असोज २८ । झापामा श्रृङ्खलाबद्ध रुपमा हत्याका घटना बढ्न थालेका छन् ।
भदौ १६ यता मात्रै जिल्लामा ४ जनाको हत्या भएको छ ।
आफ्नै श्रीमानले हथौडा र खुकुरी प्रहार गर्दा दुई महिलाले ज्यान गुमाएका छन् भने लेनदेनको विषयमा घाँटी रेटेर एक जना व्यक्तिले आफ्नै साथीको समेत हत्या गरेका छन् ।
यस अघि गत भदौ १६ गते झापाको शिवसताक्षी नगरपालिका-११ मा गोमनसिंह मगरले आफ्नै साथी मनकुमार लिम्बूले घाँटी रेटेर हत्या गरेका थिए ।
त्यस्तै असोज १४ गते गौरादह १ निवासी ६४ वर्षीय भीम भण्डारीले हथौडा प्रहार गरी श्रीमती मनमाया भण्डारीको हत्या गरेका थिए ।
आज मात्रै कनकाई नगरपालिका ३ सुरुङ्गा खोलाको डिलमा रहेको वासघारीमा सोही ठाउँका २२ वर्षीय अभिषेश चौधरीको हत्या गरेर फलिएको अबस्थामा शव फेला परेको हो ।
धारिलो हतियार प्रयोग गरेर चौधरीको हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्