१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा १४०३ सहित २६३८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २८ । पछिल्लो २४ घण्टामा देशभर २६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका ९९६ जना, ललितपुरका ३०५ र भक्तपुरको १०२ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ ।

२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको जम्मा संख्या ८० हजार ९५४ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेको छन् ।

२४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।