२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


याङवरक गाउँपालिका बन्यो प्रविधिमैत्री


0
Shares

पाँचथर, असोज २८ । पाँचथरको याङवरक गाउँपालिका पुर्ण प्रबिधिमैत्री बन्ने भएको छ ।

गाउँपालिकाबाट अधिकांश सेवा प्रविधिको प्रयोगबाट हुन थालेका हुन् ।

पञ्जीकरण सहितका सेवामा अनलाइन रुपमै सेवा दिँदै आएको गाउँपालिकाले अन्य सेवा पनि सोही अनुसार गर्दै आएको छ ।

गाउँपालिकाबाट प्रदान हुने सेवालाई प्रबिधिमैत्री बनाउन आवस्यक सबैखाले सफ्टवेर तयार भइसकेको छ ।

विद्यालयका लागि सफ्टवेर निर्माणको काम भने भइरहेको जनाइएको छ ।

गाउँपालिकालाई पूर्ण प्रबिधिमैत्रीको चरणमा लगिएको गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहीणी आचार्यले बताउनुभयो ।