
सुनसरी, असोज २८ । सुनसरीमा कोरोना संक्रमितको संख्या बढेपछि मिर्गौलाका विरामीहरुको उपचार सेवा प्रभावित बनेको छ ।
विरामीको उपचारमा संलग्न चिकित्सक र नर्सहरुनै संक्रमित हुन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने मिर्गौला विरामी थप जोखिममा परेका छन् ।
विगतमा एक जना विरामीलाई हप्तामा दुईपटक डाइलासिस गर्ने गरिएको भए पनि प्रतिष्ठानका चिकित्सक नर्सनै संक्रमित हुन थालेपछि हप्तामा एक पटक मात्र डाइलासिस गर्न थालेको जनाएको छ ।
विगत आठ बर्षदेखि प्रतिष्ठानमै डाइलासिस गराउदै आउनु भएका कन्काइ नगरपालिका–७ झापाका मानबहादुर बजगाईले प्रतिष्ठानले हप्तामा एक पटक डाइलासिस गराउँदा विरामीलाई ज्यान जान सक्ने खतरा बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्