
काठमाडौं, असोज २८ । नेपाली कम्पनीलाई पाखा लगाउदै सरकारले मदिराको अन्तःशुल्क स्टीकर छपाइका लागि ग्लोबल टेण्डरमा गरेको छ ।
आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै इच्छुक विदेशी कम्पनीलाई ४५ दिनभित्र आवेदन दिन भनेको छ ।
तर अन्त शुल्क स्टिकर बढी संवेदनशील मानिएपनि नेपाली कम्पनीले भने यो बोलपत्रमा भाग लिन नपाउने विभागले जनाएको छ ।
प्राविधिक क्षमता बलियो नभएको तर्क गर्दै नेपाली कम्पनीलाई बोलपत्रमा भाग लिन बन्देज गरिएको जनाएको छ ।
यसैगरी विभागले तत्कालको संकट टार्नका लागि भन्दै जनक शिक्षा सामाग्री केन्द्रलाई करिब ८० करोड स्टीकर छाप्न जिम्मा दिएको जनाएको छ ।
यसअघि कोभिडका कारण सम्झौता अनुसार घाटा पर्ने देखिएपछि इन्डोनेसियाको एक कम्पनीले संझैता तोडेको थियो ।
विभागले उक्त कम्पनीको ५ करोड धरौटी समेत जफत गरेको थियो नेपालमा उठ्ने कुल करमा अन्तःशुल्कको योगदान करिब १७ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस्