
काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीद्वारा नियुक्त तीन जना मन्त्रीको पद तथा गोपनीयताको शपथ बिहीबार बिहान हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा शपथ दिलाइने जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गर्दै बिष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गर्नुभएको थियो ।
मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लैजानु भएको छ ।
प्रतिक्रिया दिनुहोस्