
काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ ।
२४ घण्टामा ३ हजार ५६४ जर्ना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।
३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
४ हजार ८ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्