
काठमाडौं, असोज २९ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर एक हजार ५६२.४६ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.३३ ले उकालो लागेर ३१०.०८ मा पुगेको छ ।
कूल १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर रु. एक अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ ।
बैंकिङ १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।
यस्तै होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२, निर्जीबन बीमा २४.४२, उत्पादन २९.५५, लघुवित्त १.६, जीवन बीमा १६.८ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा विहीबार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ ।
सो कम्पनीको रु. ७ करोड ४० लाख ८४ हजार २२३ बराबरको कारोबार भयो ।
यस्तै शिवम् सिमेन्ट रु. ६ करोड ८४ लाख ९१ हजार ५९७, अरुण भ्याली हाइड्रोपावर रु. पाँच करोड ५५ लाख ४० हजार १९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५ करोड ४८ लाख ५७ हजार ३१२, मन्जुश्री फाइनान्स रु. ३ करोड ७७ लाख ४३ हजार ७३९ र अरुण बोली पावर रु. ३ करोड ५१ लाख ९९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा बिहीबार नेपाल फाइनान्स ९.८७, जनरल इन्स्योरेन्स ९.८५, माउण्टेन हाइड्रो ७.३३, रैराङ हाइड्रोपावर ४.७४, खानीखोला हाइड्रोपावर ३.६० र सानिमा माई हाइड्रेपावरका लगानीकर्ताले ३.१३ प्रतिशतले कमाए ।
त्यस्तै, गुरास लघुवित्त वित्तीय संस्था ५.२१, खाँखु खोला जलविद्युत् कम्पनी ५.०८, नेपाल हाइड्रो ४.५५ र यूनिलिभर नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए । रासस
प्रतिक्रिया दिनुहोस्