१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिड अस्पतालले भर्ना नलिदा तीनजना संक्रमितको मृत्यु


0
Shares

सुनसरी, असोज २९ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालले भर्ना नलिदा तीन जना संक्रमितको मृत्यु भएको छ ।

पटक–पटक भर्ना गर्न अनुरोध गर्दा पनि अस्पतालले भर्ना गर्न नमाने पछि संक्रमित तीन पुरुषको मृत्यु भएको मृतकका आफन्तहरुले जनाएका छन् ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ का ५८ बर्षिय पुरुष, १५ का ६८ बर्षिय पुरुष र धरान १६ का ६२ बर्षिय पुरुष छन् ।

धरान १५ का पुरुषलाई सास फेर्न समस्या भएपछी हिजो प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि लगिए पनि प्रतिष्ठानले भर्ना नलिए पछि विराटनगरको कोसी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनको गए राति निधन भएको हो । त्यस्तै धरान १६ का पुरुषको पनि प्रतिष्ठानले उपचारका लागि भर्ना नलिए पछि घरमा नै गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

यस्तै तीनदिन अघि कोरोना देखिएका धरान–९ का पुरुषलाई पनि प्रतिष्ठानले भर्ना नलिएकै कारण उपचार नपाएर निधन भएको वडाअध्यक्ष रत्न कट्वालको आरोप छ ।

सय बेडको कोभिड अस्पतलमा विहिवारसम्म ५६ जना विरामी उपचाररत छन् ।

४४ बेड अझै खालि भएपनि संक्रमितहरुलाई भर्ना नगर्नु प्रतिष्ठान व्यबस्थापनको चरम लापरवाही भएको स्थानीयको आरोप छ ।

प्रतिष्ठानका सहायक प्रबक्ता डा. आषिश श्रेष्ठले भने अस्पतालमा अक्सिजन अभाव र भेण्टिलेटर अभावका कारण सबै विरामीलाई भर्ना गर्न नसकिएको बताउनुभयो ।