
काठमाडौं, असोज ३० । पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
२४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८८०४० रहेको छ ।
काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १७८४, ललितपुरमा २७४ र भक्तपुरमा २४४ जना संक्रमित भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्