२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुनसरीमा अनिश्चितकालिन निषेधाज्ञा


0
Shares

सुनसरी, असोज ३० । चाडबाडलाई लक्षीत गर्दे सुनसरीमा शुक्रबारबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणलाई बेवास्था गर्दै लापरवाही गर्ने क्रम नघटेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रशासनले राजनैतिक दलहरुलाई कार्यक्रम गर्न, मन्दिर, मञ्जिद, गुम्बा, चर्चमा भेलाभई पूजापाठ गर्न, शुभकामना आदान–प्रदान जस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको जनाएको छ ।

पछिल्लो समय दलहरुले कार्यकर्ता भेला गरी पार्टी प्रवेश गराउने जस्ता कार्यक्रमलाई जारी राख्दा संक्रमण फैलिएको जानकारहरुले बताएका छन् ।