
काठमाडौं, असोज ३० । कोरोना (कोभिड१९) महामारीमा पनि विदेशी लगानी आउने क्रम जारी रहेको छ ।
विश्वव्यापी कोरोना महामारीका कारण लकडाउन भएपनि लगानी सम्मेलन पछि तथा उद्योग विभाग मार्फत नेपालमा लगानी भित्रिने क्रम जारी रहेको छ ।
चालु आर्थिक वर्ष सुरु भएयता उद्योग विभाग मार्फत असोज २५ सम्ममा १९ अर्ब २९ लाख बढि लगानी भित्रिएको छ ।
विभागले ६ अर्ब भन्दा कमको लगानी स्विकृत गर्दै आएको छ भने ६ अर्ब बढिको रकम लगानी बोर्डले स्विकृत गर्दै आएको छ ।
उद्योग विभागमा चालु आर्थिक वर्ष सुरु भएयता चिनबाट विभिन्न क्षेत्रमा १५ अर्ब ७७ करोड बढि लगानी स्विकृत भएको छ ।
चिनले ८३ उद्योग सञ्चालनका लागि अनुमती पाएकोमा २३ सेवा क्षेत्रका र २५ उद्योग पर्यटन क्षेत्रका छन् ।
यसै अवधीमा ब्रिटिसबाट ३ अर्ब तथा भारतबाट १ अर्ब लगानी स्विकृत भएको विभागको तथ्याकं छ ।
यस अवधीमा १० अर्ब करोड लगानी भएका उद्योगले पर्यटन क्षेत्रमा लगानी गर्न अनुमती लिएको विभागले जनाएको छ ।
उद्योग विभागले आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब २ करोड लगानी भित्रिएको थियो ।
यस्तै आर्थिक वर्ष २०७५/७६ मा भने २५ अर्ब ४७ करोड मात्रै लगानी भित्रिएको थियो ।
यता लगानी बोर्डले लगानी सम्मेलन पछि ११ परियोजनाको लागी ३३ अर्ब १३ करोड रुपैयाँ लगानी स्विकृत गरेको छ ।
लगानी सम्मेलन पछि लगानी प्रतिबद्धता भएका २८ वटा आयोजनाको आशयपत्र आवह्वान गर्ने लगायतका काम गरिरहेको बोर्डले जनाएको छ ।
कोभिड महामारी पछिको अवस्थामा लगानी वृद्धि हुने आँकलन बोर्डका प्रवक्ता धमेन्द्र कुमार मिश्रले बताउनुभयो ।
लगानी सम्मेलन पछि पर्यटन र कृषी क्षेत्रमा लगानी प्रतिबद्धता बढेको छ ।
कोभिड महामारीका कारण वैदेशिक लगानीकर्ता नेपाल आउन नसकेपनि भर्चुअल माध्यमबाट लगानीकर्तासँग निरन्तर सम्पर्कमा रहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्