
ललितपुर, असोज ३० । कोरोना सङ्क्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ ।
सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले शुक्रबार जारी गर्नुभएको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।
महालक्ष्मीमा शुक्रबार दिउँसो साढे दुई बजेसम्म सङ्क्रमित सङ्ख्या ६१६ पुगेको छ ।
तीमध्ये स्वास्थ्य लाभ गर्ने २६९, सक्रिय सङ्क्रमित ३४४ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्