२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


उग्रतारा मन्दिरमा लाग्ने अष्ठमी मेला स्थगित


0
Shares

डडेल्धुरा, कात्तिक २ । सुदूरपश्चिमको प्रसिद्ध भगवती तथा डडेल्धुराको प्रमुख धार्मिक पर्यटकिय स्थल उग्रतारा मन्दिरमा कोरोनाका कारण अष्ठमी मेला नहुने भएको छ ।

अमरगढी नगरपालिका ८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा अष्टमीका दिन ठुलो मेला लाग्ने गर्दथ्यो ।

कोरोना संक्रमण बढ्न सक्ने भन्दै यस बर्ष भने मेला नलाग्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्ला तथा अन्य बिभिन्न स्थानहरुबाट दशैंमा आएका भक्तजन उग्रतारा मन्दिर पुग्ने गर्दथे ।

कोरोना संक्रमणको नियन्त्रणका लागि अष्ठमी मेला स्थानीय प्रशासनले नगर्न आग्रह गरेसँगै घटस्थापना र नबरात्री सुरु भएसंगै नित्य पुजा बाहेक अन्य गतिबिधिहरु समेत नहुने भएको छ ।

बलि स्वरुप चढाईने बोका, रांगा नचढाईने र ब्यापार ब्यवसाय नगर्ने निर्णय गरिएको उग्रतारा क्षेत्र बिकास समितिकाले जनाएको छ ।