
पाल्पा, कात्तिक २ । पाल्पामा अम्बाबाट जाम उत्पादन गर्न थालिएको छ ।
सुन्तलाजात फलफुल विकास केन्द्रको सहयोगमा अम्बा (बेलौती) बाट जाम बनाउन थालिएको हो ।
पाल्पामा परीक्षणस्वरुप पहिलो पटक फलफूलबाट जाम बनाउन थालिएको हो ।
पाल्पाका किसानहरुले तालिम पाएसँगै बजारमा विक्री हुन नसकेको अम्बाबाट आगामी वर्षदेखि व्यवसायिक रुपमै जाम उत्पादन गर्ने भएका छन् ।
भौगोलिक भू–वनौट र हावापानी अनुसार जिल्लामा ५ किसिमका उन्नत जातका अम्बा फलाउन सकिने प्राविधिकहरु बताउँछन् ।
विभिन्न देशमा अर्गानिक तरिकाले उत्पादन गरिएको खाद्यपर्दाथको माग र मूल्य राम्रो भएकाले यो व्यवसायबाट विदेशी मुद्रा आर्जन गर्न सकिने भएपछि कृषकहरु उत्साहित भएका छन् ।
उपयोगमा आउन नसकेको अम्बाबाट अर्गानिक तरिकाले जाम उत्पादन गर्न सकिने भएकाले व्यवसायिक सफलता मिल्ने सुन्तलाजात फलफूल विकास केन्द्रका प्रमुख बम बहादुर थापाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्