२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भाउजुको हत्या गर्ने युवक सार्वजनिक


0
Shares

कञ्चनपुर, कात्तिक २ । भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

घरयसी विवादका कारण आफ्नै भाउजुको हत्या गरेको आरोपमा शुक्लाफॉटा नरगपालिका ८ नौखरीका २४ वर्षीय मानसिंह खुना पक्राउ परेका थिए ।

उनले ३५ वर्षीय भाउजु काली खुनाको हत्या गरि बालुवामा गाडेको प्रहरीले जनाएको छ ।

गत २७ गते माछामार्न खोलामा गएको बेला भाउजुको घाँटी समाइ पानीमा डुवाएर हत्या गरी बालुवामा गाडेको प्रहरीले जनाएको छ ।