
काठमाडौं, कात्तिक २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी , सामुदायिक , सरकारी, मेडिकल कलेज लगाएत सबै प्रकारका अस्पताललाई कुल शैयाको ५० प्रतिशत कोरोनाका विरामीलाई छुट्टाउन निर्देशन दिएको छ ।
यसअघि ३३ देखी २० प्रतिशत शैया छुटउनु पर्ने निर्णयलाई परिवर्तन गरी अब सबै प्रकारका अस्पतालले ५० प्रतिशत शैया छुट्टाउनु पर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरुले आइसियू लगाएत सबै किसिमका शैया कोरोनाका विरामीका लागि छुट्टाउनु पर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयले कोरोनाका विरामीका लागि उपचारमा प्रयोग हुने औषधी कोरोना विरामीको उपचार गराउन सूचिकृत भएका अस्पतालका फार्मेसीवाट मात्र विक्री वितरण हुने समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्