२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सेनालाई सुरक्षाका विषयमा संवेदनशील हुन प्रधानमन्त्रीको आग्रह


0
Shares

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय सुरक्षाका विषयमा संवेदनशील हुन नेपाली सेनालाई आग्रह गर्नुभएको ।

आइतबारदेखि सुरु भएको नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्दै रक्षा मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षामा चनाखो हुन आग्रह गर्नुभयो ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले कोरोना महामारी रोकथाममा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको सह्राहना गर्नुभएको छ ।

विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको व्यवस्थापन, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा सेनाले गरेको काम उल्लेखनीय रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले थप बजेट निकासा गर्ने पनि बताउनुभयो ।

उहाँले बाढी, पहिरो र डुवानजस्ता विपदमा सेनाले निर्वाह गरेको भूमिका, सम्पादन गरेका सबै काम उच्च राष्ट्रिय महत्वको हुने बताउनुभयो ।

‘अपरेसन नाम्फा जोगाउ’ कार्यक्रमको पनि प्रधानमन्त्री ओलीले प्रसंसा गर्नुभयो ।