
जनकपुर, कात्तिक २ । छठ पर्वपछि प्रदेश २ सरकारले प्रहरी भर्नाको विज्ञापन खोल्ने भएको छ ।
आइतबार मुख्यमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्कोे बैठकले प्रदेश सरकारलाई आफ्नै प्रहरी आवश्यक भएको भन्दै भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
प्रदेश २ का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रहरी जवान, असई, सई र इन्सपेक्टर सहितका पदमा प्रदेश लोक सेवाको समन्वयमा प्रदेश सरकारले भर्ना प्रक्रिया बढाउने निर्णय गरेको जानकारी दिनुभएको हो ।
साथै बैठकबाट प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले जानकारी दिनुभएको छ ।
त्यस्तै प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्