
काठमाडौं, कात्तिक २ । घटस्थापना शुरुभएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन् ।
काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन ।
अघिल्ला वर्षहरुमा दशैं शुरुभएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो ।
अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो ।
तर यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान छन् ।
लामो दुरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन भने यात्रुहरुको संख्या पनि निकै कम छ ।
कात्तिक एक गते देखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको छ ।
तरपनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ ।
सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरु बताउँछन् ।
बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढन नमान्ने गरेको चालकहरु बताउँछन् ।
बसमा यात्रा गर्ने यात्रुहरु पनि असुरक्षित महसुस भएको बताएका छन् ।
सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरैरै भएपनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरुको भनाई छ ।
यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दुरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइराखेको यात्रुहरु बताउँछन् ।
संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहिं नै दशैं मनाउन आग्रह गर्दै आएका छन् ।
त्यसैले पनि यसपटकको दशैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्