१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैं भत्ता फिर्ता गर्ने सांसद बढ्दै, गगन थापाले गरे सचिवालयमै फिर्ता


0
Shares

gagan thapa congress dashain bonus parliament

काठमाडौं, कात्तिक २ । नागरिकस्तरबाट तीब्र आलोचना भएपछि सांसदहरुले भटाभट दशैं भत्ता फिर्ता गर्न थालेका छन् ।

यसै क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले पनि संसद सचिवालयले उपलब्ध गराएको दशैं भत्ता फिर्ता गरेको जानकारी गराउनुभएको छ ।

आइतबार संघीय संसद सचिवालयको लेखा शाखामा नगद फिर्ता गरेको थापाले जनाउनु भएको हो ।

थापाका स्वकीय सचिव सानुबाबु मुडभरीले सांसद थापाले भत्ताबाट प्राप्त भएको ६४ हजार ७० रुपैयाँ लेखा शाखामा बुझाएको जानकारी दिनुभएको हो ।

यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, कांग्रेस प्रमुखसचेतक बालकृष्ण खाँण, नेकपाका सांसदहरु भीम रावल, नारायणकाजी श्रेष्ठ, सूर्य पाठकले सचिवालयलाई नै फिर्ता दिइसक्नु भएको छ ।

नेकपा सांसद जनार्दन शर्माले रुकुमका भेन्टिलेटरमा रहेका कोरोना संक्रमितलाई सहयोग गर्ने तथा देवेन्द्र पौडेलले बाग्लुङका बाढी पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।