१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सहुलियत मूल्यमा खसी-बोका बिक्री सुरु, प्रतिकिलो ५६० रुपैयाँ


0
Shares

काठमाडौं, कात्तिक ३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ ।

दसैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबारदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो ।

कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५सय ६० रुपैयाँ तोकेको छ ।

जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने सुवेदीले बताउनुभयो ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४ सय ५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ ।

खसी–बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।